पछिल्लो समय बलिउडमा तहल्का मच्चाइरहेका अभिनेता हुन् आयुष्मान खुराना । उनले अभिनय गरेका सबै चलचित्रले बक्स अफिसमा निकै राम्रो व्यापार गरेका छन् । चलचित्रमा उनले निभाएको भूमिकाको त दर्शकले मनै देखी प्रशंसा गरिरहेका हुन्छन् । आयुष्मानले आफ्ना हरेक चलचित्रमा फरक फरक भूमिका निभाइरहेका हुन्छन् । ती चलचित्रमा आयुष्मानले निकै मेहनत पनि देखिन्छ । शुक्रवारबाट उनको चलचित्र 'शुभ मङ्गल ज्यादा सावधान' प्रदर्शनमा आएको छ । जसलाई दर्शकले निकै मन पराइरहेका छन् । चलचित्र एक समलिङ्गी पुरुषको कथामा आधारित छ । राम्रो ओपनिङ गरेको चलचित्रले दोस्रो र तेस्रो दिन पनि उत्कृष्ट व्यापार गर्न सफल भयो । यस चलचित्रले पहिलो विकेन्डमा ३२.६६ कमाउन सफल भएको छ । 'शुभ मङ्गल ज्यादा सावधान'मा आयुष्मान र जितेन्द्र कुमार प्रमुख भूमिकामा छन् गजराज राव, नीना गुप्ता, मानवी गागरू, मनु ऋषि चड्ढा, सुनीता राजवारको पनि अभिनय रहेको छ । हितेश केवल्याले निर्देशन गरेको चलचित्रमा आयुष्मान् र जितेन्द्रबिचको प्रेम र उतार चढाव देखाइएको छ ।