एक्सन स्टारको रूपमा चिनिने बलिउड अभिनेता टाइगर श्रोफले ‘हिरोपन्ती’ बाट आफ्नो अभिनय यात्रा सुरु गरेका थिए । कृती सेनन अपोजिटमा रहेको यस चलचित्रबाट टाइगरले आफ्नो अभिनय यात्रालाई सुरु गरेका उनले ‘हिरोपन्ती’को सिक्वेलमा पनि अभिनय गर्ने भएका छन् । यस चलचित्रको निर्माण हुने र प्रमुख भूमिकामा टाइगर नै रहने खबर केही समय अघि देखिनै सार्वजनिक भइरहेको थियो । यस खबरलाई आधिकारिक साबित गर्दै उनले आफ्नो इन्स्टाग्राममा ‘हिरोपन्ती २’ को पोस्टर साझेदार गरेका छन् । एक्सन जनरामा नै निर्माण हुने यस चलचित्रको पोस्टरसँगै टाइगरले‘यो मेरो लागि स्पेसल हो । साजिद सरसँग फेरि अर्को फ्रेन्चाइज लिएर अगाडि बढ्न पाउँदा म एकदमै खुसी छु ।’ लेखेका छन् । पोस्टरमा टाइगरलाई क्रोधित अवतारमा देखिन्छ । ‘हिरोपन्ती २’ को निर्देशन अहमद खानले गर्दिएछन् । टाइगर र अहमदको सहकार्यमा निर्माण भएको ‘बागी ३’ आगामी हप्ता प्रदर्शनमा आउँदै छ । २०२१ जुलाईमा प्रदर्शनमा आउने ‘हिरोपन्ती २’ साजिद नाडियाडवालाले निर्माण गर्ने छन् ।