बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेज ऐतिहासिक कथामा बन्न लागेको एक चलचित्रमा काम गर्ने भएकी छिन् । उनले साउथका सुपरस्टार पवन कल्याणसँग स्क्रिन सेयर गर्न लागेको खबर बलिउड मिडियाले सार्वजनिक गरिरहेका छन् । चलचित्रलाई कृश जागर्लामुड्डीले निर्देशन गर्नेछन् । चलचित्रलाई भव्य सेटमा सुट गरिने बताइएको छ । भारतीय मिडियाका अनुसार ज्याकिलन यो चलचित्रको विषयमा कुरा गर्न हैदराबाद पुगेकी थिइन् । यसै चलचित्रको लागी उनले तेलुगु भाषा पनि सिकिरहेकी छिन् । पछिल्ली समय ज्याकलिनको क्रेज बलिउडमा उति सारो छैन । यस चलचित्रले उनको क्रेज फर्काउने आस गर्न सकिन्छ ।