बलिउड अभिनेत्री तापसी पन्नुको मुख्य भूमिका रहेको चलचित्र 'थप्पड' गत शुक्रवारदेखि प्रदर्शनमा आएको छ । दर्शक तथा समीक्षकको सकारात्मक प्रतिक्रिया पाइरहेको चलचित्रले व्यापार भने औसत गरेको छ । पहिलो दिन ३ करोड ७ लाखको ओपनिङ गरेको यस चलचित्र हेर्न पुगेका दर्शकको चाप दिन दिनै बढ्दै छ । जसको कारण दोस्रो दिन ५ करोड ५ लाख गर्दै तेस्रो दिन आइतबार १५ करोड ७ लाख कमाइ गर्न सफल भएको छ । सामान्य विषयमा श्रीमानले एक थप्पड हान्दा श्रीमती कस्तो अवस्थाबाट गुज्रन पुग्छिन् भन्ने विषय उठाइएको चलचित्रलाई अनुभव सिंहाले निर्देशन गरेका हुन् । उनको निर्देशकियले निकै तारिफ बटुलेको छ । 'थप्पड'मा तापसीसँगै रत्ना पाठक शाह, दिया मिर्जा,पभेल गुलाटी लगायतका कलाकारहरूको अभिनय रहेको छ ।