तापसी पन्नु पछिल्लो समय निकै रुचाइएकी बलिउड नायिका हुन् । उनी अभिनीत चलचित्र गत हप्ताबाट प्रदर्शनमा आएको छ । जसले निकै सकारात्मक प्रतिक्रिया पाइरहेको छ भने तापसीको अभिनयको तारिफ त हुने नै भयो । आफ्नो चलचित्र 'थप्पड'लाई लिएर मिडियामा आइरहेकी उनले आफूलाई ऋतिक रोशनसँग काम गर्ने मन भएको बताएकी छिन् । एक टेलिभिजनले लिएको अन्तर्वार्तामा उनले ॠतिक आफ्नो सबैभन्दा मन पर्ने अभिनेता भएको र उनीसँग काम गर्ने रहर भएको सुनाएकी हुन् । 'केही वर्ष अगाडि नै मैले एक कार्यक्रममा उहाँलाई भेटेको थिएँ। त्यो बेला मैले सेल्फी खिचेको थिएँ। अब फेरी उहाँसँग सँगै काम गरेर सेल्फी लिने मन छ । अनि तुलना गर्नु छ, पहिले र अहिलेमा ।' उनी सुनिइन् ।