बलिउड अभिनेता टाइगर श्रफ अभिनीत चलचित्र ‘बागी ३’ शुक्रवारबाट प्रदर्शनमा आएको छ । विश्वभर एकसाथ प्रदर्शनमा आएको यस चलचित्रलाई विश्वलाई आफ्नो कब्जामा पारिरहेको कोरोना भाइरसले कुनै असार गरेको छैन । एक्सन चलचित्रले ब्लकबस्टर ओपनिङ गर्न सफल भएको थियो । पहिलो दिनमै नयाँ रेकर्ड राख्दै चलचित्रले १७.५ करोड रुपैयाँको व्यापार गर्‍यो । पहिलो दिन रेकर्ड तोड व्यापार गरेको यस चलचित्रले दोस्रो दिन पहिलो दिन जति कलेक्सन गर्न सकेन । यद्यपि शनिवार १५.५-१६ करोडको व्यापार गर्न सफल भयो । यस वर्षको सबैभन्दा ठुलो ओपनर बनेको 'बागी ३'को वर्ड अफ माउथ कमजोर छ । अहमद खानले निर्देशन गरेको चलचित्र संसारभर ५५ सय स्क्रिनमा रिलिज भएको थियो । निकै ठुलो रिलिज गरेको यस चलचित्रले सोचे अनुसारको व्यापार गर्न भने सकेको छैन । कोरोना भाइरसको सङ्क्रमणको त्रासले दर्शक निश्चिन्त हल सम्म पुग्न सकेका छैनन् । यसैले चलचित्रको व्यापारमा निकै असार गर्ने देखिएको छ । चलचित्रमा टाइगरका साथमा श्रद्धा कपुर, रितेश देशमुख, अंकिता लोखण्डे, आशुतोष राणा, सतीश कौश‍िक, चंकी पाण्डे, नोरा फतेहीलगायतको अभिनय रहेको छ ।