सलमान खानको निर्माणाधीन चलचित्र ‘राधे’को यति बेला छायाङ्कन भइरहेको छ । चलचित्रको केही भागको छायाङ्कन अजरबैजानमा गरिने भएको थियो । एक गीत र केही एक्सन खिच्न अजरबैजान जाने तयारीमा रहेको चलचित्र निर्माण टोली राजधानी बाकु पुगेका थिए । तर विश्वलाई नै त्रसित बनाएका बेला निर्माण पक्षले छायाङ्कन स्थगित गरेको छ । नायक सलमान खान र नायिका दिशा पटानी चलचित्रको छायाङ्कनको लागी बाकु उड्ने तयारीमा थिए । तर चलचित्रको सिङ्गो टिमलाई नै लिएर छायाङ्कनमा जाँदा सङ्क्रमणको जोखिम हुने डरका कारण पछि हटेको बताइएको छ । सलमान खान प्रोडक्शन, सोहेल खान प्रोडक्शन र अतुल अग्नीहोत्रीको सहकार्यमा निर्माण भइरहेको यस चलचित्र आगामी इदमा प्रदर्शनमा आउने छ । 'राधे'मा सलमान र दिशाका साथमा रणदीप हुडा, ज्याकी श्राफको पनि मुख्य भूमिका रहने छ ।