अहमद खान निर्देशित बलिउड चलचित्र 'बागी ३' ले पहिलो विकेन्डमा निकै सुखद व्यापार गर्न सफल भयो । टाइगर श्रफ स्टारर यस चलचित्रले पहिलो विकेन्डमा ५३.८३ करोड कमाउन सफल भयो । निर्देशक खानले चलचित्र सफल हुनुका पछाडि अभिनेता टाइगर र एक्सन सिनको ठुलो हात रहेको ब ताएका छन् । यस चलचित्र सफल भए पछि उनले 'बागी ४' पनि बन्ने सम्भावना रहेको ब ताएका छन् । पछिल्लो समय दर्शकले आफ्नो काम मन पराएकाले यस चलचित्रबाट पनि आफूले आस गरेको उनले थपेका छन् । उनले नै निर्देशन गरेको 'बागी २' लाई पनि दर्शकले मन पराएका थिए ।

उनले भारतीय मिडियासँग कुरा गर्दै आफूले बागी ४ बनाएको खण्डमा सफल चलचित्रको फ्रेन्चाइजलाई जीवित राख्ने बाचा समेत गरेका छन् ।  चलचित्रमा टाइगरसँगै श्रद्धा कपुर, रितेश देशमुख, अंकिता लोखण्डे, आशुतोष राणा, सतीश कौश‍िक, चंकी पाण्डे, नोरा फतेहीलगायतको अभिनय रहेको छ । चलचित्रले दाजु भाइको सम्बन्धको कथा भन्छ ।