नेपालको तराई क्षेत्रमा मङ्गलवार होली मनाइँदै छ । कोरोना भाइरसको प्रभाव बलिउडमा परे पनि बलिउडका कलाकारले आफू आफू होली मनाइरहेका छन् । यसै अवसरमा अभिनेत्री प्रियंका चोपडाले पनि होली मनाएको तस्बिर सार्वजनिक गरेकी छिन् । उनले पति निकसँग बिहे पछि पहिलो होली भारतमा मनाएकी हुन् । उनीहरूले पुनेमा निकै खुसी भएर होली मनाएका हुन् । उनले सामाजिक सञ्जालमा एक तस्बिर सार्वजनिक गर्दै आफूहरू केही दिन यता रङहरूसँग भएको बताएकी छिन् । उनले सबैलाई सुरक्षित र रमाइलो तरिकाले होली मनाउन आग्रह गर्दै शुभकामना दिएकी छिन् । तस्बिरमा दुवै निकै रमाइरहेको देखिएका छन् । दुवै इसा अम्बानीले आयोजना गरेको होली पार्टीमा सहभागी भएका थिए । प्रियंका र निक होली मनाउन कै लागी भारत आएका हुन् ।