यति बेला अभिनेता रजनीकान्त नयाँ चलचित्रको तयारीमा छन् । उनको आगामी चलचित्र'अन्नात्थे'को लागी तेलेगु स्टार गोपी चन्द खलनायक बन्ने पक्का भएको छ । गोपी चन्दले १६ वर्ष अगाडि चलचित्र 'याग्नम' मा खलनायकको भूमिका निभाएका थिए । अर्को महिनाबाट छायाङ्कनमा जाने तयारीमा रहेको चलचित्रमा रजनीकान्त मायालु दाइको भूमिमा देखिनेछन् । शिवाको निर्देशनमा निर्माण हुने चलचित्रमा कीर्ति सुरेश, मिना र खुस्बुको पनि मुख्य भूमिका रहने छ ।