चलचित्र ‘बधाई हो’ को सिक्वेल बन्ने भएको छ । आयुष्मान खुराना, नीना गुप्ता, सान्या मल्होत्राको मुख्य भूमिका रहेको चलचित्रको सिक्वेलको नाम ‘बधाई दो’ राखिएको छ । राष्ट्रिय अवार्ड पाएको यस चलचित्रको सिक्वेल मा नायक राजकुमार राव र नायिका भूमि पेन्डेकर मुख्य भूमिकामा रहने पक्का भएको छ । चलचित्रले ‘बधाई हो’को कथालाई निरन्तरता नदिने बरु कमेडी जनरामा निर्माण हुने निर्माण पक्षले जनाएको छ । राजकुमार र भूमि पहिलो पल्ट स्क्रिन सेयर गर्न लागेका हुन् । पछिल्लो समय दुवै निकै रुचाइएका कलाकार हुन् । हर्षवद्र्धन कुलकर्णीले निर्देशन गर्ने चलचित्रको कथा वस्तु मन परेर काम गर्न राजी भएको उनीहरूले बताएका छन् । ‘बधाई हो’ व्यापारिक तथा समीक्षात्मक रूपमा सफल भएको थियो ।