हलिउड अभिनेता टम ह्याक्स र उनकी श्रीमती रिटा विल्सन कोरोना भाइरसबाट सङ्क्रमित भएको खबर आएको छ । चलचित्रको छायाङ्कनको लागी अस्ट्रेलियामा रहेका यी जोडी कोरोना भाइरसको सिकार भएको खबर पहिले टमले आफ्नो इन्टाग्राम एकाउन्टबाट सार्वजनिक गरेका हुन् । एल्भिस प्रेस्लेको जीवनमा आधारित चलचित्रको छायाङ्कनको लागी अस्ट्रेलिया आएका दम्पती अहिले गोल्ड कोस्टको एक अस्पतालमा उपचार गराइरहेका जनाएका छन् । ६३ वर्षीय टम र रिटलाई ज्वरो तथा रुघा खोकीका साथमा शरीरको केही भाग दुखेपछि टेस्ट गराएका थिए । टेस्टमा दुबैलाई कोरोना सङ्क्रमण भएको पुष्टि भएको हो । योसँगै चलचित्रका सम्पूर्ण टिम र उनीहरूको नजिक रहेका सबैलाई सुरक्षित क्वारेन्टाइनमा राखिएको छ ।