बलिउड अभिनेत्री वाणी कपूरको चलचित्र 'शमशेरा'मा इन्ट्री भएको छ । रणवीर कपुर स्टारर यस चलचित्रमा वाणी र रणवीरको जोडी बाँधिने भएको छ । चलचित्र 'वार' बाट दर्शकको तथा मेकर्सको नजरमा परेकी वाणी यस चलचित्रमा बिलकुल फरक अवतारमा देखिने बुझिएको छ । यस मेगा एक्सन चलचित्रमा उनले निकै रुचाइएकी भारतीय ट्राभल पर्फर्मरको भूमिका निभाउने छिन् । उनले आफू अभिनीत सफल चलचित्र 'वार'को बारेमा बोल्दै सन् २०१९ आफ्नो लागी निकै फलदायी भएको बताएकी छिन् । चलचित्रमा आफ्नो छोटो भूमिका भएता पनि दर्शकले निकै मन पराएको र आफूलाई स्थापित गर्न सकेकोमा खुसी व्यक्त गरेकी छिन् । करण मल्होत्राको निर्देशनमा बन्ने चलचित्र उनको निकै ठुलो प्रोजेक्ट हो ।