१९८० मा बनेको क्लासिकल बलिउड चलचित्र 'द बर्निङ ट्रेन'को रिमेक बन्ने भएको छ । अभिनेता तथा प्रोड्यूसर ज्याकी भगनानी र्जूनो चोपडाको सहकार्यमा यस रिमेक बन्ने भएको हो । 'द बर्निङ ट्रेन'ला रवि चोपडाले निर्देशन गरेका थिए भने रिमेकलाई उनकै छोराले निर्देशन गर्ने छन् । चलचित्रका सम्पूर्ण कलाकार तथा टिमको घोषणाको तयारी गरिरहेको निर्माण पक्षले चलचित्र यही वर्षको अन्तिममा प्रदर्शनमा ल्याउने बताएको छ । निर्माता भगनानीले यस क्लासिक फिल्म हेर्दै आफू हुर्किएको र यसको जादुले आजसम्म नछोडेकोले पुनः उही माहौल फर्काउन आफूले यो कदम चालेको  र चलचित्रको लागी आफू निकै उत्साहित भएको पनि उनले बताएका छन् । साथै चलचित्रको आत्मालाई जिवित राख्न र पुरानो चलचित्रको आफ्नो पन बचाउन आफू पूर्ण रूपमा लाग्ने पनि अडान लिएका छन् । चलचित्र 'सुपर एक्सप्रेस' नाम गरेको एक ट्रेनको कहानी हो जसको पहिलो यात्रामा नै भयानक दुर्घटना भएको थियो । चलचित्रमा धर्मेद्र, हेमा मालिनी, विनोद खन्ना, परवीन बबी, जीतेद्र, नीतू सिंह, विनोद मेहरा तथा डेनीको मुख्य भूमिका रहेको थियो ।