फ्रान्सकी अभिनेत्री ओल्गा कुरिलेन्कोई कोरोना भाइरसबाट सङ्क्रमित भएकी छिन् । जेम्स बन्ड शृङ्खलाको क्वान्टम अफ सलिसकी मुख्य अभिनेत्री ओल्गाले आफू सङ्क्रमित भएको कुरा सामाजिक सञ्जाल मा आफै सार्वजनिक गरेकी हुन् । उनले आफूलाई कोरोना पोजेटिभ देखिएको र सबै जना सतर्क रहन आग्रह गरेकी छिन् । उनले कोरोनालाई गम्भीरतापूर्वक सबैले लिन आग्रह गरेकी छन् । विगत एक हप्ता देखी ज्वरो जिउ दुखेर थलिएकी उनलाई कोरोना भाइरस पोजेटिभ देखिएको बताएकी छिन् । उनले यस रोगलाई हल्का नलिन र सतर्क हुन सबैलाई आग्रह गरेकी छिन् ।