कोरोना भाइरसको आतङ्कबाट जोगिन विश्वभर नै अनेक उपाय हरू अपनाइँदै छ । यसबाट सतर्क रहन र जोगिन हरेक देशका सरकारले पनि आ-आफ्नै नियमहरू लागु गर्दै आइरहेका छन् । यस रोगबाट जोगिन सबैले आफ्नो ठाउँबाट सुरक्षित रहेर अरूलाई पनि जोगाउन र आफू पनि जोगिन पहल गरिरहेका छन् । यति बेला सम्म विश्वका १६५ देशमा कोरोनाको सङ्क्रमण फैलिसकेको छ । भारत पनि यसबाट जोगिन सकेको छैन । यसैले कोरोनाका सङ्क्रमित बिरामी बढिरहेका बेला यसबाट बच्न बलिउडका कलाकारहरूले पनि आफूलाई सेल्फ क्वारेन्टाइनमा राखेका छन् । बलिउडका चर्चित अभिनेता अमिताभ बच्चनले पनि आफूलाई सेल्फ क्वारेन्टाइनमा राखेका छन् ।

उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत् बीएमसीको तर्फबाट हातमा लगाइएको स्ट्याम्पको तस्बिर शेयर गर्दै आफू क्वारेन्टाइनमा भएको बताएका हुन् । अमिताभ मात्र नभएर अभिनेत्री आलिया भट्ट पनि कोरोनाबाट बच्न आफू घरमै सुरक्षित बसेको बताएकी छिन् । उनले पनि सामाजिक सञ्जालमा एक तस्बिर सेयर गर्दै आफू सेल्फ क्वारेन्टाइनमा बसेको बताएकी छिन् ।