अभिनेता प्रभासले भारत सरकारलाई ४ करोड भारतीय रुपैयाँ सहयोग गरेका छन् । साउथका निकै लोकप्रिय अभिनेता प्रभासले कोरोना भाइरस सङ्क्रमणमा सहयोगार्थ भारत सरकारलाई सहयोग गरेका हुन् । यति बेला उनी सेल्फ क्वारेन्टाइनमा छन् । क्वारेन्टाइनबाटै उनले सहयोग गरेका हुन् । विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण अहिले भारतमा ज्यान गुमाउनेको सङ्ख्या २० पुगिसकेको छ । कोरोना फैलन नदिन भारत सरकारले २१ दिन लक डाउन घोषणा गरिसकेको छ । नेपाल मा पनि कोरोना सङ्क्रमणको सङ्ख्या चार पुगिसकेको छ भने यति बेला देशै भर लक डाउन लागु गरेको छ ।