केही दिन अघि बलिउड गायिका कनिका कपुर अहिले कोरोना सङ्क्रमण देखिएको थियो । उनी यति बेला अस्पतालमा उपचारत छिन् । उनी केही दिन अघि लन्डनबाट फर्किएकी थिइन् । फर्किए पछि उनले लखनउको एक होटेलमा केही साथीहरूलाई पार्टी समेत दिएकी थिइन् । उनीमा कोरोना पोजेटिभ देखिए पछि उनको पार्टीमा संलग्न भएकाहरूलाई समेत कोरोना सङ्क्रमण भएको आशङ्कामा परीक्षण गरिएको छ । कनिकाको सम्पर्कमा आएका व्यक्तिहरूको उत्तर प्रदेश प्रहरीले खोजी समेत सुरु गरेको छ । जसबाट प्रहरीले पछिल्लो समय कनिकासँग सम्पर्कमा आएका २६६ जना व्यक्तिको पहिचान समेत गरिसकेको छ । २६६ मध्ये अहिले ६० जनाको कोरोना परीक्षण भइसकेको छ ।
जसमा कसैलाई पनि कोरोनाको सङ्क्रमण देखिएको छैन । आफ्नो सम्पर्कमा आएका केही व्यक्तिहरूको नाम कनिका आफैँले बताएकी थिइन् । एयरपोर्टमा चेक नगराई आएकी कनिकामा भाइरस पोजेटिभ देखिए पछि निकै विवाद भएको थियो । उनी विरुद्ध उजुरी समेत परेको थियो ।