कोरोना भाइरसले सबैलाई आतङ्कित बनाइरहेका बेला बलिउडमा पछिल्ला केही दिनमा एउटा खबरले निकै चर्चा पायो । त्यो हो बलिउडकी सदाबहार अभिनेत्री काजोल र उनकी छोरीलाई कोरोना सङ्क्रमण भएको खबर । यी दुई आमा छोरीलाई कोरोना सङ्क्रमण भएको खबर सामाजिक सञ्जालमा चौतर्फी फैलियो । यति बेला सबै बलिउड कलाकार घरमा सेल्फ क्वारेन्टाइनमा छन् । यसै बिच काजोल र न्यासा अस्पताल प्राङ्गणमा देखिएपछि उनीहरूलाई कोरोना भएको भन्दै सामाजिक सञ्जालमा चर्चा सुरु भएको थियो । तर यसबारे काजोलका पति अभिनेता अजय देवगणले मुख खोलेका छन् । उनले सामाजिक सञ्जालमा काजोल र न्यासा दुवै स्वस्थ रहेको र कोरोनाको सङ्क्रमणमा नपरेको उल्लेख गरेका छन् । साथै जयले शुभचिन्तकहरूलाई धन्यवाद पनि दिएका छन् । काजोल र न्यासको स्वास्थ्य प्रति चिन्ता व्यक्त गर्ने सबैलाई उनले सम्बोधन गरेका हुन् ।