हलिउड अभिनेता एन्ड्र्यु ज्याकको कोरोना भाइरसका कारण निधन भएको छ । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसका कारण ‘स्टार वार्स’ का अभिनेता ७६ वर्षीय ज्याकको मृत्यु भएको हो । उनको सरे स्थित अस्पतालमा निधन भएको ज्याकका एजेन्ट जिलले विज्ञप्ति जारी गरी जानकारी दिएका छन् । ज्याक ‘स्टार वार्स’ सिरिजको आठौँ भागमा अन्तिम जेडीको भूमिकामा देखिएका थिए । त्यस्तै, ‘सोलो: अ स्टार वार्स स्टोरी एन्ड स्टार वार्स’ को सातौँ भागमा पनि उनी देखिएका थिए । अस्ट्रेलियामा रहेकी उनकी पत्नीले उनको निधन बारे सामाजिक सञ्जालमा ‘दुई दिनअघि मात्रै ज्याकमा कोरोना पत्ता लागेको थियो । ऊ कुनै पीडामा पनि थिएन । सपरिवार सबैको साथ छ भन्ने थाहा पाएर ऊ शान्तिपूर्वक गयो ।’ लेखेकी छिन् ।