भारत सरकारले कोरोना भाइरसबाट बच्नको लागी २१ दिने लकडाउन घोषणा गरेको छ । जसबाट भारतीय जनता निकै मारमा परेका छन् । लकडाउनकै कारण भारतमा रिलिजका लागी तयार चलचित्रको रिलिज मिति बेटुङ्गो भएको छ भने चलचित्रको निर्माण कार्य बन्द भएको छ । भारत सरकारले कोरोनासँग लड्न कोरोना रोकथाम गर्नको लागी कोष खडा गरेको छ । उक्त कोषमा धेरै बलिउडका अभिनेता तथा अभिनेत्रीले आर्थिक सहयोग गरिरहेका छन् । यस क्रममा अभिनेता शाहरुख खानले पनि शुक्रवार आफ्नो र आफ्नो कम्पनी रेड चिल्लीका तर्फबाट सहयोग गर्ने बताएका छन् । योसँगै शाहरुखले आर्थिक सहयोगसँगै विपन्न वर्गका आर्थिक स्थिति कमजोर भएकाको लागी विभिन्न सामग्री र खाद्यान्नको घोषणा गरेका छन् । उनले एक महिनासम्म मुम्बईका ५५ सय विपन्न परिवारलाई दैनिक खाना खुवाउने बताएका छन् ।