चलचित्र 'एभेन्जर्स'की अभिनेत्री अनर ब्ल्याकम्यानको मृत्यु भएको छ । बेलायतकी चर्चित अभिनेत्री अनरको ९४ वर्षको उमेरमा आफ्नै घर 'ससेक्स' मा मृत्यु भएको हो । जेम्स बन्डको चर्चित चलचित्र ‘गोल्डफिंगर’ बाट निकै रुचाइएकी उनको मृत्यु कुनै रोगले नभएको उनको पारिवारिक श्रोतले जनाएको छ । उनको अभिनय र आवाजलाई दर्शकले निकै रुचाउने गरेका थिए । अगस्ट २२, १९२५ मा जन्मिएकी उनिले आफ्ना परिवारका काखमा निकै सहज मृत्यु वरण हरेको बिबिसीले उल्लेख गरेको छ ।