कोरोनाबाट सङ्क्रमित भारतीय गायिका कनिका कपुर अस्पतालबाट डिस्चार्ज भएकी छिन् । पाँच पटकसम्म उनको कोभिड १९ को रिपोर्ट पोजेटिभ आएको थियो । तर, शनिवार र सोमबार लगातार रिपोर्ट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिएको हो । उनी मार्च २० मा अस्पतालमा भर्ना भएकी थिइन् । कनिकाले आफूलाई घर फर्किएर परिवारसँग बस्न मन लागेको बताएकी थिइन् । १५ दिन अस्पतालमा उपचार गरेर उनी घर फर्किएकी उनिबिरुद्ध सार्वजनिक रूपमा कोरोनाभाइरस फैलाएको आरोपमा मुद्दा हालिएको छ ।

कोरोना सङ्क्रमण भएको बेला उनले कन्सर्टमा गएर रोग फैलाएको र पार्टी समेत दिएको आरोप उनलाई लागेको छ । कनिकालाई १४ दिन भित्रमा अदालतले उपस्थित हुन उर्दी गरेको भारतीय मिडियाले जनाएका छन् ।