भारतीय अभिनेत्री जोआ मोरानीलाई कारोनाभाइरसको सङ्क्रमण भएको छ । भारतीय मिडियाका अनुसार कोरोनाको लक्षण देखिएपछि उनलाई अस्पताल लागिएको थियो । परीक्षण गर्दा उनलाई कोरोना पोजेटिभ देखिएको हो । यति बेला उनको कोकिलाबेन धीरुभाई अंबानी अस्पतालमा भर्ना गरेर उपचार भइरहेको छ । उनी मार्च १५ मा राजस्थानबाट फर्किएकी थिइन् । जोआ फिल्म निर्माता करीम मोरानीकी छोरी हुन् । यस अघि उनकी बहिनी सजा मोरानीलाई कोरोना पोजेटिभ देखिएको थियो । उनी श्रीलङ्काबाट फर्किएकी थिइन् । उनको आइसोलेसनमा राखेर उपचार भइरहेको छ । साथै परिवारका सबै सदस्य क्वारेन्टाइनमा रहेको बुझिएको छ ।