विश्वभर चर्चित अमेरिकी पप गायिका लेडी गागा कोरोनाभाइरस विरुद्धको लडाइँमा निकै जागरूक भएर लागी परेकी छिन् । उनले कोरोनासँग लड्न र यसबाट जोगिन सहयोग गर्न ३ करोड ५० लाख अमेरिकी डलर सङ्कलन गरेकी छिन् । उनले ‘ग्लोबल सिटिजन’ नामक कल्याणकारी संस्थामार्फत उक्त रकम सङ्कलन गरेकी हुन् । करिब एक साताको अवधिमा गागाले उक्त रकम सङ्कलन गरेकी हुन् । उनी र उनको संस्था ग्लोबल सिटिजनले टिभी कार्यक्रम ‘वान वर्ल्ड टुगेदर एट होम’ निर्माणको लागी रकम सङ्कलन गरेकी हुन् । यस कार्यक्रमले कोरोनाविरुद्ध सचेतना फैलाउने काम गर्नेछ । गायिकाको विश्वास छ । पल म्इाक कार्टनी, स्टिभ उन्डर र बिल्ली इलिस लगायतको भूमिका रहनेछ ।