कोरोनाको रोकथामको लागि भारत सरकारले लकडाउन गरेपछि सबै बलिउड अभिनेता अभिनेत्री घरमै बसिरहेका छन् । यसले गर्दा सम्पूर्ण फिल्म बजार ठप्प छ । न कुनै नयाँ चलचित्रको काम भएको छ न त नयाँ चलचित्र हलमा लागेको छ । बलिउड सुनसान भएका बेला अभिनेता सुनिल शेट्टीले खुसीको खबर सार्वजनिक गरेका छन् । उनले २० वर्ष अघिको चलचित्र 'हेरा फेरि' को तेस्रो भाग निर्माण हुने बताएका छन् । उनका अनुसार चलचित्रमा उनीसँगै अक्षयकुमार र परवेश रावलको पनि मुख्य भूमिका रहने छ । भारतीय मिडियाले 'हेरा फेरि ३' मा सबै अभिनेताको नाम पहिले कै हुने जनाएका छन् । चलचित्र २०२१ मा प्रदर्शनमा आउने बुझिएको छ ।