सदाबहार बलिउड अभिनेता अक्षय कुमार बेला बेलामा चर्चामा आइरहन्छन् । प्राय: चलचित्रका कारण चर्चामा आउने यी सफल अभिनेता यस पटक भने उनको प्रेम प्रसङ्गले चर्चामा आएका हुन् । हरेक भूमिकालाई न्याय गर्ने सक्ने क्षमता भएका अक्षय धेरै दर्शक तथा सेलिब्रेटिका प्रिय पात्र हुन् । उनको जीवन शैली र व्यक्तित्वले सबैलाई आकर्षित गर्छन् । हरेक कुराबाट पर्फेक्ट यी अभिनेताको व्यक्तिगत जीवनबारे जान्ने रहर उनलाई मन पराउने कसलाई नहोला र ? यिनै अक्षयले आफ्नो युवावस्था सम्झिँदै एक रोचक प्रसङ्ग निकालेका छन् । उनले एक टेलिभिजन कार्यक्रममा आफ्नो पहिलो प्रेमिका आफ्नै विद्यालयकी शिक्षिका रहेको सुनाएका छन् । उनका अनुसार सात आठ वर्षको उमेर हुँदा नै आफूलाई आफ्नै स्कुलकी शिक्षिका मन परेको र उनीसँगै विवाह गर्ने सपना समेत देखेको बताएका छन् । यसबारे उनी भन्छन्, 'मलाई यसमा कुनै गल्ती महसुस हुँदैन किनकि सबै मानिसले पहिलो प्रेम भनेकै शिक्षिकासँग नै गर्छन् ।'