बलिउडको सफल चलचित्र 'सुपर ३०' चीनमा रिलिज हुने भएको छ । ऋतिक रोशन स्टारर चलचित्र चीनका हलहरूमा रिलिज गरिने बारे भारतीय मिडियाले जनाइरहेका छन् । कोरोनाभाइरसका कारण लामो समय बन्द रहेका चीनका फिल्म हलहरू यति बेला खुल्न थालेका छन् । हलहरू खुले लगत्तै फिल्म सुपर ३० रिलिज हुने बताइएको छ । पछिल्लो समय चीनमा भारतीय चलचित्र रुचाइन थालेको छ । हलहरू खुले लगत्तै यस चलचित्र सेन्सरसिपका लागि लगिने रिलायन्स इन्टरटेनमेन्टका सीईओ शिवाशिष सरकारले बताएका छन् । 'सुपर ३०'मा ऋतिकसँग मृणाल ठाकुर, वीरेन्द्र सक्सेना, नन्दीश संधु, आदित्य श्री वास्तवलगायतका कलाकारको अभिनय रहेको छ । भने यसलाई विकास बहलले निर्देशन गरेका हुन् ।