चर्चित बेलायती कमेडियन टिम ब्रुक टेलरको निधन भएको छ । ७० को दशकको निकै लोकप्रिय बिबिसी कमेडी सो 'दि गुडिज'का स्टार टिमको आइतबार कोरोना भाइरसको कारण मृत्यु भएको हो । स्वास्थ्यमा समस्या भएपछि परीक्षण गर्दा कोरोना देखिएका उनी ७९ वर्षका थिए । ६ दशकदेखि हास्य क्षेत्रमा रहेका उनी एनी द गुडिज्, आइएम सरी आइह्याभनट क्लु जस्ता कार्यक्रमले चर्चित थिए । उनले 'क्याम्ब्रीज विश्वविद्यालय थिएटर क्लब फुटलाईट्स' बाट कमेडी यात्रा सुरु गरेका थिए । उनले बिबिसी कमेडी सो 'दि गुडिज'मा १२ वर्ष काम गरेका थिए । उनको निधनको खबरले निकै दुखी तुल्याएको बेलायती कलाकारले बताएका छन् ।