कोरोनाले संसारलाई नै स्तब्ध बनाइरहेका बेला कोरोना सम्बन्धी चलचित्र बन्ने भएको छ । क्यानडाका निर्देशक मोस्तफा केसवानीले 'कोरोना फियर इज अ भाइरस' बनाउने भएका हुन् । चलचित्रको छायाङ्कन फेब्रुअरीमा नै सम्पन्न भैसकेको छ भने अब छिट्टै नै प्रदर्शनमा आउने बताइएको छ । चलचित्रले लिफ्टमा अड्किएका सात व्यक्तिको कथा भन्ने छ । बुझिए अनुसार चलचित्रले कोरोना र यसको डरलाग्दो पाटो देखाउने छ भने चलचित्रले डरले कसरी रोग भन्दा बढी मानिसलाई आक्रान्त गराउँछ। पछिल्लो समय कोरोनाको रोकथाम र नियन्त्रणको लागि विभिन्न सचेतनामूलक गीत तथा भिडियोहरु सार्वजनिक भइरहेका छन् ।