कोरोना फैलिन नदिन जारी गरिएको लकडाउनबाट दैनिक ज्याला मजदुरी गर्नेहरू सबैभन्दा धेरै प्रभावित भएका छन् । बलिउडमा दैनिक ज्यालामा काम गर्दै आइरहेका मजदुरको जनजीवन कष्टकर भइरहेका बेला दैनिक ज्यालामा काम गर्दै आइरहेका २५ हजार श्रमिकलाई अभिनेता सलमान खानले सहयोग गरेका छन् । उनले लकडाउनभर २५ हजार श्रमिकहरूको सहयोग गर्ने घोषणा गर्दै सबैको बैङ्क खातामा ६ हजार भारतीय रुपैयाँ राखिदिएका छन् । साथै उनले ती मजदुरलाई खाद्यान्न समेत उपलब्ध गराएका छन् । योसँगै उनले माले गाउँमा काम गरिरहेका ५० महिलाहरूका लागि खाद्यान्न र आवश्यक सामाग्रीहरू सहयोग गरेका छन् ।