कोरोनाको सङ्क्रमण बढ्न थालेपछि भारतमा तीन साताको लकडाउन सक्किएर फेरी दुई हप्ता बढी थप गरिएको छ । लकडाउनका कारण विरलै घरमा बस्न पाउने बलिउडका अभिनेता र अभिनेत्रीहरू अहिले फुर्सदिला भएका छन् । फिल्म सम्बन्धी सम्पूर्ण काम बन्द भएपछि उनीहरू घरमै आफ्ना परिवारसँग समय बिताइरहेका छन् । बलिउडकी चर्चित अभिनेत्री कङ्गना रनावत पनि अन्य कलाकार जस्तै घरमै छिन् । कुनै पनि काम नहुँदा उनलाई समय बिताउन गाह्रो भइरहेको बताएकी छिन् । घरमा बस्दाको फुर्सदिलो समय कटाउन उनले घरमै तास खेल्न थालेकी छिन् । जसका कारण उनलाई तासको लत नै लागेको छ । उनले मनालीमा तास खेलेर नै आफ्नो समय बिताइरहेको भारतीय मिडियाले उल्लेख गरिरहेका छन् । यस कुरालाई सत्य साबित गर्ने एक तस्बिर उनले सामाजिक सञ्जालमा सार्वजनिक गरेकी छिन् । तस्बिरमा उनी परिवारसँग तास खेलिरहेकी छिन् । तस्बिरमा मनालीको सुन्दर पृष्ठभूमि देख्न सकिन्छ । केहि दिन अघी उनले किचनमा नयाँ परिकार बनाउन सिक्दै गरेको पनि उल्लेख गरेकी थिइन् ।