कोरोना प्रभाव कम गर्न भारतमा मे ३ सम्म  लकडाउन थपिएको छ । जसको कारण एक महिना यता सम्पूर्ण चलचित्र सम्बन्धी काम रोकिएका छन् । कोरोना र यसको असारले बलिउडमा करोडौँको नोक्सान पर्ने भएको छ । निर्माणको तयारीमा रहेका चलचित्रको काम सुरु हुन सकेको छैन भए प्रदर्शनमा आउन लागेका चलचित्र पनि यसै होल्डमा छन् । यस्तै घाटा व्यहोर्ने चलचित्रमा एक हो संजयलीला भन्साली निर्देशित चलचित्र ‘गंगुबाई काठियावाडी’ । आलिया भट्टको मुख्य भूमिका रहने गरी निर्माणको तयारीमा रहेको चलचित्रको लागि सेट भने तयार गरिसकिएको थियो । फिल्म सिटीमा निर्माण गरिएको सेट निर्माणमा ६ करोड भारु खर्च भएको थियो । सेट निर्माणको लामो समय सम्म प्रयोगमा नआउँदा नष्ट हुने स्थितिमा छ । बलिउड मिडियाका अनुसार उक्त सेट काम नै नलाग्ने गरी नष्ट भएको छ । भारतमा कोरोनाको कहर बढ्दै जाँदा चलचित्र सम्बन्धी कुनै पनि काम सुचारु हुने देखिँदैन । जसको कारण यस चलचित्रको मात्र नभै अन्य निर्माणाधीन चलचित्रले पनि ठुलो नोक्सान व्यहोर्नु पर्ने भएको छ ।