‘बाहुबली’ फ्रेम्ड निर्देशक एसएस राजमौलीले नयाँ चलचित्रको घोषणा गरेका छन् । चलचित्रमा साउथ स्टार महेश बाबुलाई मुख्य भूमिकामा प्रस्तुत हुँदै छन् । चलचित्रलाई केएल नारायणले निर्माण गर्ने छन् भने चलचित्रको नाम भने जुराइसकिएको छैन । यसै चलचित्रमार्फत् महेश बाबु बलिउडमा डेब्यु गर्दैछन् । साउथका स्टार र बलिउडका स्टार निर्देशकको यस टिम अपलाई लिएर दर्शक निकै उत्साहित भएका छन् भने महेश बाबु पनि राजमौलीसँगको सहकार्यलाई लिएर आफु निकै उत्साहित भएको बताएका छन् । यतिबेला राजमौली चलचित्र ‘आरआरआर’मा व्यस्त छन् । जसको छायांकन अन्तिम चरणमा छ । कोरोना भाइरस र लकडाउनले गर्दा चलचित्रको काम होल्डमा छ । यसमा साउथका दुई स्टार जुनियर एनटीआर र राम चरण मुख्य भूमिकामा प्रस्तुत हुँदैछन् । उनिहरुका साथमा बलिउड स्टार अजय देवगण र आलिया भट्टको मुख्य भूमिका रहने छ । ‘आरआरआर’ रिलिज पछि यस चलचित्रलाई समय दिने बताइएको छ ।