विश्व चर्चित कार्टुन सिरिज 'टम एन्ड जेरी' नहेर्ने कमै होलान् । यो हेरेर हुर्किएका हरूका लागी टम एन्ड जेरी सिरिज निकै विशेष लाग्छ । यसै कार्टुन सिरिजका निर्देशक जिन डिचको निधन भएको छ । अमेरिकाका ओस्कर विजेता, लेखक र फिल्म निर्देशक समेत रहेका जिन डिचको ९५ वर्षको उमेरमा निधन भएको हो । उनको फिल्म मुन्रोले सन् १९६० मा एकेडेमी अवार्ड जितेको थियो । बिहीबार नै उनको निधन भए पनि के कारणले भएको भन्ने खुलाइएको छैन । प्रागमा बस्दै आएका उनकी श्रीमती र तीन छोरा छन् । उनीहरू पनि कार्टुनिस्ट नै हुन् ।