बलिउडका चर्चित अभिनेता मिथुन चक्रवर्तीका बुबा वसन्त कुमार चक्रवर्तीको मृत्यु भएको छ । लामो समयदेखि बिरामी रहेका वसन्त कुमारको ९५ वर्षको उमेरमा मङ्गलवार मृत्यु भएको हो । आफ्ना पिताको मृत्यु हुँदा मिथुन बैंगलोरमा थिए । लकडाउनका कारण केही समयदेखि बैंगलोरमा अड्किएका उनी बुवाको मृत्युको खबर सुन्नासाथ घर फर्किन लागेको बताइएको छ । तर भारतमा लागु भएको लकडाउनका कारण उनलाई घर फर्किन अप्ठेरो भएको भारतीय मिडियाले उल्लेख गरेका छन् । मिथुनकी आमा शान्तिमोयी चक्रवर्ती र उनका जेठा छोरा मिमोह मुम्बईमा छन् । उनीहरू स्व. वसन्त चक्रवर्तीको अन्तिम संस्कारका लागी मिथुनको प्रतीक्षा गरिरहेका छन् ।