कोरोना प्रभाव कम गर्न भारतमा मे ३ सम्म लकडाउन थपिएको छ । जसको कारण एक महिना यता सम्पूर्ण चलचित्र सम्बन्धी काम रोकिएका छन् । कोरोना र यसको असारले बलिउडमा करोडौँको नोक्सान पर्ने भएको छ । निर्माणको तयारीमा रहेका चलचित्रको काम सुरु हुन सकेको छैन भए प्रदर्शनमा आउन लागेका चलचित्र पनि यसै होल्डमा छन् । यस्तै घाटा व्यहोर्ने चलचित्रमा एक हो संजयलीला भन्साली निर्देशित चलचित्र ‘गंगुबाई काठियावाडी’ । आलिया भट्टको मुख्य भूमिका रहने गरी निर्माणको तयारीमा रहेको चलचित्रको लागि सेट भने तयार गरिसकिएको थियो । फिल्म सिटीमा निर्माण गरिएको सेट निर्माणमा ६ करोड भारु खर्च भएको थियो । सेट निर्माणको लामो समयसम्म प्रयोगमा नआउँदा नष्ट भैसकेको छ । बलिउड मिडियाका अनुसार उक्त सेट काम नै नलाग्ने गरी नष्ट भएको छ । करोडौँ खर्च गरेर निर्माण गरेको सेट बिग्रिएपछि निर्देशक भन्सालीले सेट निकाल्ने भएका छन् । भारतीय मिडियाका अनुसार भन्सालीले सेट भत्काउन प्रोडक्सन टिमलाई आदेश दिइसकेका छन् ।
सेटमा १९६० को कमाठीपुरालाई प्रतिनिधित्व गर्नेछ । भारतमा कोरोना सङ्क्रमण दिन दिनै बढ्दै गइरहेको छ जसको कारण चलचित्र निर्माणको काम कहिले देखी सुरु हुने निश्चित छैन । त्यसैले सेट निर्माण गरिएको ठाउँको भाडा तिरिराखेर फेरी नयाँ सेट बनाउँदा निकै महँगो पर्ने भएकाले सेट अहिलेलाई भत्काउने निर्णय लिएको भन्सालीले बताएका छन् । चलचित्रमा आलिया भट्टको मुख्य भूमिका रहने छ ।