बलिउड अभिनेता सलमान खान फ्यान फलोअर्स अन्य कलाकारको तुलनामा केही धेरै नै छन् । अभिनय सँगै बेला बेला सामाजिक कार्य र दर्शकसँग जोडिने उनको को ट्विटरमा ४ करोडभन्दा बढी फलोअर्स पुगेका छन् । लकडाउनले सम्पूर्ण फिल्म इन्डस्ट्री ठप्प भए पनि सल मानले बेलाबेला आफ्ना दर्शक शुभचिन्तकलाई केही नयाँ कोसेली लिएर आइरहेका छन् । पछिल्लो समय उनले सामाजिक सञ्जालमार्फत कोरोना सम्बन्धी सचेतनामूलक कुराहरू जानकारी गराइरहेका छन् । लकडाउनका कारण घरमै परिवारसँग समय बिताइरहेका उनले केही दिन अघि कोरोना विरुद्धको जनचेतना जगाउने गीत सार्वजनिक गरेका छन् । उनले कोरोना पीडित हजारौँ गरिबलाई पनि सहयोग गरिरहेका छन् । सामाजिक सञ्जालमा अपडेटेट रहिरहने उनको लकडाउन सुरु भएपछि अझ धेरै फलोअर्स बढेका हुन् । भारतमा ट्विटरमा बढी फलोअर्स हुनेमा उनी अमिताभ बच्चनपछि दोस्रोमा परेका छन् । अमिताभका ४ करोड १५ लाखभन्दा धेरै फलोअर्स छन् ।