बक्स अफिसमा सफल बलिउड चलचित्र 'रेड'को सिक्वेल बन्ने भएको छ । अजय देवगण र नायिका इलियाना डिक्रुजको मुख्य भूमिका रहेको चलचित्र रिलिज भएको दुई वर्षपछि सिक्वेल बन्न लागेको हो । भूषण कुमारले 'रेड'को सिक्वेल बनाउने तयारी गरेका हुन् । यस अघि ‘रेड र तान्हाजी’कोमा अजय र भूषण कुमारको सहकार्य भएको थियो । भारतीय मिडियाका अनुसार  अजयले चलचित्रको लागी सम्झौता गरिसकेका छन् । अघिल्लो भाग झैँ यो चलचित्रले पनि बर्दी नलगाएका राष्ट्र सेवकहरूको कथालाई भन्नेछ । भने यति बेला चलचित्रको कथा तयार भइरहेको छ ।