बलिउड अभिनेत्री कङ्गना रनावत बेलाबेलामा चर्चामा आइरहन्छिन् । कहिले उनको व्यवहारले त कहिले उनको अभिव्यक्तिको कारण । कोरोभाइरसको रोकथामको लागि गरिएको लकडाउनका कारण एक महिना यता घरमा परिवारसँगै रहेकी उनी फेरी विवादमा मुछिएकी छिन् । विवादमा मात्र तानिएकी होइनन् उनी विरुद्ध मुद्दा नै परेको छ । भारतीय मिडियाका अनुसार उनले एक विशेष समुदायका सदस्यलाई ‘आतङ्कवादी’ भनी सम्बोधन गरेकी थिइन् । जसको कारण उनी विरुद्ध गएको बुधवार मुद्दा दायर भयो । भारतीय मिडियाका अनुसार उनी विरुद्ध सुबर्बन अम्बोली प्रहरी सटेशनमा प्रहरीले नै मुद्दा दायर गरेको हो । मिडियाका अनुसार कङ्गनाले बहिनीको समर्थनमा तयार पारेको भिडियोमा खास समुदायलाई 'आतङ्कवादी' को आरोप लगाएकी थिइन् । उनकी बहिनी रंगोली चन्डेलको ट्वीटर एकाउन्ट गाली बेइज्जतीको आरोपमा प्रतिबन्ध लगाइएको छ ।