पछिल्लो एक महिना भन्दा बढी बलिउड लगायत फिल्म इन्डस्ट्री ठप्प छन् । जसको कारण अरबौँ रुपैयाँ घाटा लागेको छ । बलिउड विश्वकै ठुलो फिल्म इन्डस्ट्रीमा पर्छ । कोरोना भाइरसको प्रभावले बलिउडमा निकै ठुलो क्षति भएको छ । प्रदर्शनको तयारीमा रहेका चलचित्र प्रदर्शनमा आउन पाएका छैनन् भने निर्माणाधीन चलचित्र यसै थन्किनु परेको छ । बलिउड स्टार अक्षय कुमार स्टारर चलचित्र ‘लक्ष्मी बम्ब’ पनि प्रदर्शनको तयारीमा थियो । लकडाउनले चलचित्र अब कहिले प्रदर्शनमा आउने भन्ने टुङ्गो लागेको छैनन् । यो वर्षको सुरुवात देखी नै कुनै पनि बलिउड चलचित्रले सोचे अनुसारको व्यापार गर्न सकेनन् भने चलचित्र प्रदर्शनमा आउन समेत पाएनन् । तोकिएको समयमा चलचित्रको रिलिज हुन नसक्दा प्रतीक्षामा बसेका दर्शकहरू पनि चिन्तित हुन थालेका छन् । यस अवस्थालाई मध्यनजर गर्दै ‘लक्ष्मी बम्ब’का निर्माता तथा निर्देशकले कोरोनाको त्रासकाबीच पनि चलचित्र रिलिज गर्ने तयारी अघि बढाएका छन् ।

चलचित्र निर्माण पक्षले हलमा नभएर अनलाइन प्लेटफर्ममा रिलिज गर्ने तयारी गरेका हुन् । हलमा प्रदर्शन गर्न अझै केही समय कुर्नुपर्ने र दर्शक पनि अब हत्तपत्त हल सम्म नपुग्ने भएकाले आफ्ना दर्शकलाई लक्षित गरेर अनलाइनमा रिलिज गर्न लागेको बताइएको छ । चलचित्रका निर्माता तथा निर्देशकले ‘डिज्नी प्लस हट स्टार’ नामक एपसँग चलचित्र रिलिजको विषयमा कुराकानी गरिरहेका छन् जसमा दुवै पक्ष यस विषयलाई लिएर सकारात्मक छन् ।  चलचित्रका निर्माता तथा निर्देशकले ‘डिज्नी प्लस हट स्टार’ नामक एपसँग चलचित्र रिलिजको विषयमा कुराकानी गरिरहेको र दुवै पक्ष यस विषयलाई लिएर सकारात्मक भएको भारतीय मिडियाले जनाएका छन् । चलचित्र आगामी इदमा रिलिज गर्ने लक्ष्य लिइएको थियो ।