विवाह बन्धनमा बाँधिने तयारीमा रहेका बलिउड अभिनेता वरुण धवनको बिहे रोकिएको छ । लामो समयदेखि नताशासँग प्रेममा रहेका वरुणले यही अप्रिलमा विवाह गर्ने सोच बनाएका थिए । तर उनको यो सोचले वास्तविक रूप लिन पाएन । कोरोना भाइरसको सङ्क्रमण न्यूनीकरण गर्न भारतमा लागु गरिएको लकडाउनका कारण उनको विवाह रोकिएको हो । २४ अप्रिलमा ३३ औँ जन्मदिन मनाएका वरुणले जन्मदिन पनि घरमै मनाएका छन् । उनकी प्रेमिकाले भिडियो कन्फ्रेन्सबाट वीस गरेकी थिइन् भने गिफ्टमा चकलेट केक बेक गरेकी थिइन् । भारतीय मिडियाका अनुसार थाइल्यान्डमा बिहे गर्ने तयारीमा रहेका उनीहरूको बिहे सरेको हो ।