बलिउड अभिनेत्री उर्वशी रौटेलाले कोरोना सङ्कट विरुद्ध लड्न पाँच करोड रुपैयाँ सहयोग गरेकी छिन् । केही समय यता कोरोनाले भारतमा निकै भयावह रूप लिने सङ्केत आइरहेका बेला यससँग लड्न आर्थिक स्थिति कमजोर भएका निम्न वर्गका मानिसलाई सहयोग गर्ने क्रममा बलिउड सेलिब्रिटी पनि निकै अगाडि देखिएका छन् । यसै काममा सहयोगको हात अगाडी बढाएकी उर्वशी ले यो समय एकले अर्कालाई साथ दिने बेला भएकाले आफूले सहयोग गरेको उनले बताएकी छन् । कुनै पनि सहयोग सानो र ठुलो नहुने भएकाले आफ्नो तर्फ बाट उक्त रकम सहयोग गरेको उनको भनाइ छ । उर्वशीले एउटा भर्चुअल डान्स क्लास आयोजना गरेकी थिइन् जसमा उनले ज्यादा तौल भएका व्यक्तिलाई निःशुल्क नृत्य सिकाइन् । साथै टिकटकमा डान्स मास्टर क्लास आयोजना समेत गरिएको थियो जसमा १ ।८ करोड व्यक्ति जोडिएका थिए । यसबाट उर्वशीलाई पाँच करोड रुपैयाँ प्राप्त भएको थ्यो जुन उनले कोरोना भाइरस विरुद्धको लडाइँका लागि उपलब्ध गराएकी छिन् । उर्वशी मात्र नभएर यस अघि अमिताभ बच्चन, अक्षय कुमार, शाहरुख खान, सोनु सुद, सनी देओल, वरुण धवन, सलमान खान, प्रियंका चोपडा लगायत धेरै कलाकारले सहयोग गरिसकेका छन् ।