दुई महिना यता भारत लगायत फिल्म इन्डस्ट्री ठप्प छन् । कोरोना कहरका कारण न नयाँ चलचित्र निर्माण हुने अवस्था छ न चलचित्र प्रदर्शनमा आउने नै । यसरी विश्वकै ठुलो मध्यको फिल्म इन्डस्ट्री यसरी ठप्प हुँदा आर्थिक रूपमा निकै ठुलो घाटा भइरहेको छ । यसबाट निर्माता लगायत सम्पूर्ण चलचित्र कर्मीलाई निकै अप्ठेरो पर्ने निश्चित छ । निर्माण भएर प्रदर्शनको तयारीमा रहेका चलचित्र प्रदर्शनमा आउन नपाउँदा व्यहोर्नु परेको घाटा पनि उस्तै छ । यसै बिच कोरोना कहर अन्त्य भएर जनजीवन सामान्य अवस्थामा फर्किने निश्चित नहुँदा एक पनि अर्को बलिउड चलचित्र डिजिटल माध्यमबाट रिलिज गरिने घोषणा निर्माताले गर्दै आएका छन् । डिजिटल प्लेटफर्ममा दर्शकको चाहना र पहुँच बढेसँगै बलिउडका चलचित्रहरू धमाधम यस्ता माध्यमबाट रिलिज हुने तयारीमा लागेका हुन् । नायिका विद्या बालन अभिनीत चलचित्र ‘शकुन्तलादेवी’ पनि डिजिटल प्लेटफर्मबाट रिलिज हुने पक्का भएको छ । ‘ह्यूमन कम्प्युटर’को नामले परिचित शकुन्तला देवीको बायोपिकमा बनेको यस चलचित्र डिजिटल रिलिज हुने बारे विद्या आफैले जानकारी दिएकी हुन् ।