यति बेला कोरोनाका कारण रिलिज हुन तयार रहेका र सुटिङ भइरहेका फिल्महरू बिचमै रोकिएका छन् । जसले गर्दा भारतीय फिल्म बजार निकै ठुलो घाटामा गएको छ । कोरोनाको महामारी हुनुभन्दा पहिले सुटिङ भइरहेको चलचित्र 'दोस्ताना'को सिक्वेल पनि बिचमा नै रोकिएको छ । कार्तिक आर्यान र जान्वी कपुरको मुख्य अभिनय रहने चलचित्र को सुटिङ लन्डनमा पनि गर्ने भनिएको थियो । तर अब कोरोनाले विश्वलाई नै आतङ्कित बनाएपछि डी 'सिन्हाको निर्देशन रहने यस चलचित्र लन्डनमा छायाङ्कन नगरिने भएको हो । निर्माता करण हरले फिल्मको आधा काम सकिएको साथै फिल्मको महत्त्वपूर्ण दृश्य लन्डनमा गरिने भनिए पनि त्यो अब रद्द गरिएको बताएका छन् । यस जोखिम अवस्थामा कोरोनाको धेरै प्रभाव परेको बेलायतमा छायाङ्कन गर्न सुरक्षित नहुने भएकाले यस्तो निर्णय लिएको बताइएको छ ।