भारतीय कलाकार सचिन कुमारको निधन भएको छ । भारत लगायत नेपालमा पनि चर्चित भारतीय टेलिश्रृङ्खला ‘कहानी घर घरकी’का मुख्य कलाकार सचिनको हृदयघातका कारण निधन भएको हो । मुम्बईस्थित ओब्रोय स्प्रिङमा बस्दै आएका उनको हृदयघातका कारण मृत्यु भएको भारतीय मिडियाले जनाएका छन् । उनि आफ्ना परिवार सँगै बस्ने र बिहान अबेरसम्म नउठेपछी ढोका फोडेर हेर्दा उनि मृत अवस्थामा भेटिएका बताइएको छ । सचिन एक फोटोग्राफर पनि हुन् भने बलिउड अभिनेता अक्षय कुमारका भाइ पर्छन् । सन् २००० देखि प्रसारण सुरु भएको ‘कहानी घर घरकी’ मा उनले लगातार ८ वर्षसम्म अभिनय गरेका थिए । यसका अलावा उनले बिनाफ्रे कोहली निर्देशित ‘लज्जा’मा पनि अभिनय गरेका थिए ।