बलिउड तथा साउथ स्टार राणा दग्गुबाती वैवाहिक जीवनमा बाँधिन लागेका छन् । उनले प्रेमिका मिहिका बजाजसँग इन्गेजमेन्ट गरेका हुन् । राणाले ट्विटरमा इन्गेजमेन्ट समारोहमा तस्बिर सार्वजनिक गर्दै यो अब आधिकारिक भएको उल्लेख गरेका छन् । उनले यसअघि मे १२ मा इन्स्टाग्राममार्फत् दग्गुबातीले मिहिकाले प्रेम प्रस्ताव स्वीकार गरेको जानकारी गराएका थिए । बाहुबलीका 'भल्लालदेव' भनेर चिनिने राणा की प्रेमिका बजाज हैदराबादको एक इन्टेरियर डिजाइनर हुन् । इन्गेजमेन्टपछि राणा र मिहिकालाई साउथ र बलिउड सेलिब्रेटीले बधाई दिएका छन् ।