भारतीय अभिनेता अमिताभ बच्चनले कोरोना भाइरस विरुद्ध लड्न सहयोग गरिरहेका छन् । उनले लकडाउन सुरु भएसँगै न्यून आर्थिक स्थिति भएका नागरिकका लागी राहत बाँडिरहेका छन् । यसैबिच लकडाउनका कारण विभिन्न सहरमा फसेका आप्रवासी मजदुरका लागि घर फर्कन बसको व्यवस्था गरिदिने भएका छन् । उनले मजदुरहरूका लागि १० वटा बसको व्यवस्था गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । उक्त बसहरूले उत्तर प्रदेशमा रहेका आप्रवासी मजदुर लाही गृह राज्यमा पुर्‍याउने उल्लेख गरिएको छ । योसँगै उनले अहिले मुम्बईका विभिन्न ठाउँमा हरेक दिन ४५ सय प्याकेट पाकिसकेको खाना बाँडी रहेको बताइएको छ । लकडाउन भएसँगै उनले १० हजार परिवारका लागि महिनाभरिका लागि पुग्ने राशन सहयोग गरेका छन् । त्यस्तै उनले ९ मेदेखि प्रवासी मजदुरहरूका लागि हरेक दिन २ हजार ड्राई फुड, २ हजार पानीका बोतल र करिब १२ सय जोडी चप्पल सहयोग गरिरहेका छन् ।