बलिउडमा ६५ वर्षभन्दा माथिको उमेरका कलाकारलाई प्रतिबन्ध लगाइएको छ । वृद्धमा कोरोना भाइरस सङ्क्रमणको जोखिम उच्च हुने भएकाले ६५ वर्षभन्दा माथिको उमेरका कलाकारलाई छायाङ्कनमा जान प्रतिबन्ध लगाइएको हो । मुम्बईको महाराष्ट्र सरकारले आउँदो २० जुनदेखि मुम्बईमा सर्तसहित चलचित्रको सुटिङ खुला गर्ने निर्णय गरिसकेको छ । यसैले ६५ वर्ष उमेरका कलाकारलाई सुरक्षाका दृष्टिकोणले सुटिङमा रोक लगाउने निर्णय समेत गरेको छ । यो निर्णय सही नभएको भनी ६५ वर्ष र सो माथि उमेरका कलाकारले चिन्ता व्यक्त गरेका छन् । बलिउडमा अमिताभ बच्चनदेखि मिथुन चक्रवर्ती, प्रेम चोपडा, शक्ति कपुर तथा अनिल कपुर सम्म ६५ कटेका तर प्रख्यात कलाकार छन् । यसबारे आपत्ति जनाउँदै व्यवहारिक नभएको टिप्पणी गरेका छन् । फिल्ममा हिरो हिरोइनको आमाबुवाको रोलका लागि सिनियर कलाकार नै चाहिने उनको तर्क छ । उनी भन्छन्, 'के अब अमिताभ बच्चनलाई पनि काम नगर भन्ने ?' यो निर्णय संविधानविपरित भएको र उमेरलाई लिएर भेदभाव गरिएको भनी आक्रोश समेत पोखेका छन् ।