पछिल्लो केही महिना यता बलिउडका चर्चित र लोकप्रिय कला कर्मीको निधन भइरहेको छ । यसले बलिउडलाई शोकमा त डुबाएकै छ साथमा बलिउडमा अपूरणीय क्षति पुर्याएको छ । बुधवार मात्र बलिडका प्रख्यात गीतकार अनवर सागरको निधन भएको थियो । उनको मृत्युले बलिउड शोकमा डुबेका बेला बलिउडका अर्का रुचाइएका कास्टिङ निर्देशका कृष कपुरको मृत्यु भएको खबर बाहिरिएको छ । २८ वर्षका उनको ब्रेन ह्यामरेजद्वारा निधन भएको बताइएको छ । उनी भारतीय मिडियाले एक्कासि बेहोस भएका उनको केही समयमा नै मृत्यु भएको ब ताएका छन् । पारिवारिक श्रोतका अनुसार उनको नाकबाट एक्कासि रगत बगेपछि बेहोस भएका थिए । उनलाई कुनै स्वास्थ्य सम्बन्धी समस्या थिएन । रिया चक्रवर्ती अभिनीत चलचित्र 'जलेबी'बाट उनले चर्चा कमाएका थिए । उनले महेश भट्टको ‘वीरे की वेडिंग’मा पनि काम गरेका थिए । कपुरको श्रीमती र सात वर्षीय एक सन्तान छन् ।